२२ जेठ २०८३, शुक्रबार

दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

नवलपरासी-पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा गए राति भएको सवारी दुर्घटनामा परी बसमा सवार एकको मृत्यु भएको छ ।   

बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडौं हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी २२/२३ वर्षका रामु सुनारको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी  बसमा सवार १० जना घाइते भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्