०२ असार २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरी- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित चाँदनीचोकमा मोटरसाइकल दुर्घटनामा परी शनिवार बिहान एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २० वर्षीय चनेश्वर जोशी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा२६प ६००२ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्