
एजेन्सी -विश्वका केही देशहरुमा निकै अचम्मका नियम कानूनहरु हुन्छन् । यस्ता कानूनहरुको बारेमा सुन्दा लाग्छ त्यस्ता कानूनको पालना कसरी होला ? तर त्यस्ता कानून पनि मानिसहरुले सहिरहेकै छन् ।
सामोआ नामको देशमा यस्तो अनौठो कानून छ कि त्यहाँ पत्नीको जन्मदिन भुल्नुलाई अपराध ठहर गरिन्छ । कोही पुरुषले यदि पहिलोचोटि आफ्नी श्रीमतीको जन्मदिन भुलेको हो भने त्यसलाई चेतावनी दिइन्छ ।
यदि उसले यस्तो गल्ती फेरि दोहोरायो भने त्यसलाई जरिवाना वा जेल सजाय दिइन्छ । त्यसैले जो श्रीमतीहरु आफ्नो लोग्नेले बारम्बार जन्मदिन भुलेका कारण हैरान हुन्छन् उनीहरुले लोग्नेलाई लिएर सामोआ घुम्न जानुपर्ने देखिन्छ ।
अस्ट्रेलियामा भने अनौठो कानून छ । त्यहाँ फ्युज गएको विजुलीको बल्व फेर्न समेत लाइसेन्सवाला इलेक्टि्रसियन्स गुहार्नु पर्छ । लाइसेन्स नभएकाहरुले विजुलीको सामान्य भन्दा सामान्य काममा समेत हात हाल्ने अधिकार छैन ।
फिलिपिन्स दुनियाको एउटा यस्तो देश हो जहाँ अहिलेसम्म सम्बन्ध विच्छेदको लागि कुनै कानून छैन । विवाह पछि पति पत्नी अलग हुनसक्छन् तर डिभोर्सको कानूनी प्रावधान भने छैन । चाहे तपाइँ आफ्नो वैवाहिक सम्बन्धबाट धेरै पीडित किन नहुनुस् डिभोर्स लिनु असम्भव छ । भ्याटिकन सिटीमा पनि सम्बन्ध विच्छेदको कानूनको अभाव छ ।