२३ असार २०८३, मंगलबार

'शिखर धवन विराट-रोहितपछि सर्वश्रेष्ठ ब्याट्सम्यान हुन्'

'शिखर धवन विराट-रोहितपछि सर्वश्रेष्ठ ब्याट्सम्यान हुन्'

मुम्बई- इन्डियन प्रिमियर लिग 'आईपीएल'को १२ औं संस्करण अन्तर्गतको गएरातिको खेलमा दिल्ली क्यापिटल्सले कोलकातालाई पराजित गर्‍यो । म्याचपछि दिल्ली क्यापिटलका सल्लाहकार सौरव गांगुलीले शिखर धवनलाई सर्वश्रेष्ठ ब्याट्सम्यानको सुचिमा समावेश गराए । 

गांगुलीले धवनको म्याच विनिङ पारीलाई लिएर भने, 'उनले आज शिखर धवन जस्तै गरी ब्याटिङ गरे । एकपटक उनी सेट भएपछि म्याचलाई परसम्म धकेलिरहन्छन् । उनी निकै राम्रा ब्याट्सम्यान हुन् । हामी उनलाई टीममा समावेश गराउनका लागि तत्पर थियौं र राम्रो भयो कि उनी फर्ममा छन् । उनी विराट कोहली, महेन्द्रसिंह धोनी र रोहित शर्मासँगै एक दिवसीय क्रिकेटमा भारतका सर्वश्रेष्ठ ब्याट्सम्यान हुन्, जसलाई रोक्न मुस्किल छ ।' 

दिल्ली क्यापिटल्सले कोलकाता नाइटराइडर्सलाई ७ विकेटले पराजित गर्दा धवनले ६३ बलमा ९७ रनको विशाल पारी खेलेका थिए । उनको आईपीएलको उच्च स्कोर हो ।  पहिलो टी-ट्वान्टी शतकबाट चुकेपनि उनी 'म्यान अफ दि म्याच' भए । 

salt training

कमेन्ट गर्नुहोस्