
काठमाडौं– समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सकसंघको आन्दोलन १५ दिन स्थगित भएको छ ।
शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको वार्ताका क्रममा उनीहरु १५ दिन आन्दोलन स्थगित गर्न राजी भएका हुन् । १५ दिनपछि पछि माग सम्बोधन गर्नेबारे कुनै प्रगति नभए पुनः आन्दोलनमा होमिने संघको भनाई छ ।
वार्ताका क्रममा सरकारी पक्षमा आन्दोलन रोकी माग पूरा गर्न समय माग गरेपछि १५ दिन समय दिइएको हो ।
योसँगै आइतबारदेखि मुलुकभरका सरकारी अस्पतालका अवरुद्ध सेवा सुरु भएका छन् ।