२९ जेठ २०८३, शुक्रबार

धुर्मुस–सुन्तलीदेखि रेखासम्मले हेरे ‘यात्रा’, भने – चलचित्रले मनोरञ्जनसँगै युवालाई दायित्वबोध गराउँछ

धुर्मुस–सुन्तलीदेखि रेखासम्मले हेरे ‘यात्रा’, भने – चलचित्रले मनोरञ्जनसँगै युवालाई दायित्वबोध गराउँछ

काठमाडौं- गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’लाई दर्शकले रुचाएका छन् । कलाकारहरुले पनि चलचित्रको प्रसंशा गरेका छन् ।

रिलिजकै दिन राजधानीमा आयोजित विशेष शो हेर्न पुगेका कलाकारहरुले अभिनेता सलिनमान वनिया, डेब्यु अभिनेत्री मलिका महत लगायतका कलाकारहरुको अभिनयको तारिफ गरे । 

विशेष शोमा शिव श्रेष्ठ, सिताराम कट्टेल, कुन्जना घिमिरे, रमेश उप्रेती, दिनेश डिसी, दीपकराज गिरी, दीपाश्री निरौला, रेखा थापा, निर्माता माधव वाग्ले, निर्देशक दिवाकर भट्टराई, मिलन चाम्स, अपिल विष्टसहित भद्रगोल टिम लगायत फिल्म हेर्न बिग मुभिज पुगेका थिए । 

कलाकारहरुले चलचित्रले मनोरञ्जनसंगै युवालाई दायित्वबोध गराउने विषय उठाएको बताए । 

धेरैले सलिन चलचित्र क्षेत्रमा राम्रो सम्भावना बोकेको कलाकार भएको बताए । चलचित्र हेर्न आँखाको ज्योति गुमाएर पनि धेरैको प्रेरणा बनेकी सृष्टी केसी पनि हल पुगेकी थिइन् । ‘यात्रा’मा डेब्यु गर्ल मलिका महतले दृष्टिबिहिन गायिकाको भूमिका निर्वाह गरेकी छिन् । ‘हामी आत्मनिर्भर हुन्छौ र हामीले आफुलाई कसरी सबल बनाउछौं भन्ने प्रेरणा चलचित्रले दिन्छ’ –चलचित्र हेरेपछि सृष्टीले प्रतिक्रिया दिइन् । 

चलचित्रमा सलिनले भ्लगमार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् । चलचित्रमा सलिनसंगै सलोन बस्नेत, जाहन्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको अभिनय छ । 

सम्राट शाक्य निर्देशित चलचित्रमा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ताको रुपमा रहेका छन् । चलचित्रको निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । त्यस्तै बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे चलचित्रको सह–निर्माता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्