
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ संस्करण कप्तानहरूका राम्रो भइरहेको छैन । रोहित, रहाणे र धोनीपछि विराट कोहलीमाथि जरिवाना लागेको छ । गए राति मोहालीमा खेलाइएको पञ्जाबविरुद्ध 'स्लो ओभर रेट'का कारण कप्तान कोहलीमाथि १२ लाख जरिवाना लगाइएको हो ।
इन्डियन टी-ट्वान्टी लिगको आचारसंहिता अनुसार रोयल च्यालेन्जर्सको यो पहिलो गल्ती हुन पुग्यो । विराटअघि मुम्बईका कप्तान रोहित शर्मा र राजस्थानका कप्तान अजिंक्य रहाणेमाथि पनि 'स्लो ओभर रेट'को कारण १२/१२ लाख जरिवाना लगाइसकिएको छ ।
रोयल च्यालेन्जर्स बैंलोरको गएराति यस सिजनकै पहिलो जीत हात पार्यो । टीमका लागि कप्तान कोहली र डीविलिअर्सले अर्धशतकीय पारी खेल्दै पहिलो जीत सुनिश्चित गराएका थिए ।
उता चेन्नईका कप्तान महेन्द्रसिंह धोनीमाथि पनि हालै आचारसंहिताको उल्लघंनको गरेको भन्दै जरिवाना लगाइएको थियो । बीच मैदानमा आएर अम्पायरसँग विवाद गरेका कारण धोनीलाई खेल पारिश्रमिकको पचास प्रतिशत जरिवाना लगाइएको थियो ।