२५ असार २०८३, बिहीबार

पैसा सन्दुकमा ताला लगाएर होइन, बैंकमा राख्नुस् : अर्थमन्त्री

पैसा सन्दुकमा ताला लगाएर होइन, बैंकमा राख्नुस् : अर्थमन्त्री
फाइल फोटो

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले अभियानले संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकारले सामाजिक सुरक्षाका कार्यक्रमलाई जोड दिइरहेको बताएका छन् ।

आइतवार ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले विगतमा आफ्नो पार्टी सरकारमा हुँदा शुरू गरिएको वृद्धभत्ताको अर्को शृङ्खला आजको अभियान भएको जनाउँदै आमाको गर्भमा बच्चा रहँदादेखि नै हेरविचार गर्न सरकारले प्रयास थालनी गरेको बताए । 

उनले सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको स्पष्ट गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिक र गरीबीको रेखामुनि रहेका विपन्न नागरिकको निःशुल्क बीमा गर्न सरकारले सहयोग गर्ने जानकारी दिए । 

उनले स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्न दुई हजार दुई हजार वडा कार्यालयमध्ये एक हजार दुई सयमा स्वास्थ्य चौकी निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । 

स्वास्थ्य बीमा कार्यक्रमले गरीबी हटाउने भएकाले यसमा आवद्ध हुनै आह्वान गर्दै उनले यसको अधिकतम् उपयोग गर्न आग्रह गरे । उनले भने, 'सबैले बैंक खाता खोलौं, खोल्नका लागि सय रुपैयाँ बैंकले सहयोग गर्छ । बाँकी सय रुपैयाँ छोराछोरीसँग मागेर चलाउनुस् । पैसा सन्दुकमा ताला लगाएर होइन, बैंकमा राख्नुस् ।'

salt training

कमेन्ट गर्नुहोस्