
बुटबल– प्रदेश नम्बर ५ को गुल्मीमा एक पक्की पुल निर्माणाधीन अवस्थामा भत्किएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ को झेंदी भन्ने स्थानको बडीगाड खोलामा बन्दै गरेको पुल भत्किएको हो । पुल भत्किँदा ५ जना घाइते भएका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रवारवाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचवाट भाँचिएको हो। ५५ मिटर लामो सो पुल ५ करोड लागतमा निर्माणाधीन अवस्थामा रहेको थियो । पुल भाँचिनुको कारण खुल्न बाँकी रहेको छ।