२३ जेठ २०८३, शनिबार

केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

काठमाडौं– अवैधरुपमा केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती स्थानीय न्याली मोम्बासाबाट पक्राउ परेका छन् । 

स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छापा मारी नियन्त्रणमा लिएको जनाइएको छ । 

स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् । महिलाहरु जेथाको डान्सबारमा नर्तकीको रुपमा कार्यरत रहेका थिए । 

यसबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्