
काठमाडौं, ४ चैत– आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा भागलिने राजनीतिक दलको सूची निर्वाचन आयोगले सार्वजानिक गरेको छ ।
यसअघि आयोगले तोकेको समयमा अद्यावधिक नभएका राजनीतिक दललाई पुनः दर्ता गरी पाउन विभिन्न दलले गरेको निवेदनलाई माग गरेबमोजिम अद्यावधिक गरेको छ ।
जिल्लागत रुपमा स्थानीय तह निर्वाचन २०७४ मा भाग लिने राजनीतिक दलको संशोधन सहितको अद्यावधिक विवरण आयोगले सार्वजनिक गरेको हो ।
हेर्नुहोस सूची