×

NMB BANK
NIC ASIA

नाकाबन्दीका बेला अनुदानमा आएको चिनियाँ पेट्रोलको हिसाब मिलानमा झमेला !

बैशाख ५, २०७६

NTC
Premier Steels

काठमाडौं – चीन सरकारले अनुदानमा उपलब्ध गराएको पेट्रोलियम पदार्थ बिक्री गरेको रकम नेपाल आयल निगमले सरकारलाई बुझाएको छैन ।

Muktinath Bank

२०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको पेट्रोलियम पदार्थ बिक्री गरेको नेपाल आयल निगमले ६ करोड रुपैयाँ नेपाल सरकारलाई भुक्तानी नगरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा परीक्षक कार्यालयको ५६ औं प्रतिवेदनले चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ बिक्री गरेको नेपाल आयल निगमले नेपाल सरकारलाई रकम भुक्तानी नगरेको उल्लेख गरेको छ ।


Advertisment
Nabil box
Kumari

चीन सरकारले अनुदानमा दिएको पेट्रोलियम पदार्थको मूल्य रसुवागढी भन्सार नाकाले ६ करोड २७ लाख रुपैयाँ निर्धारण गरेको र निगमले बिक्री गरेको रकम अझै पनि अर्थ मन्त्रालयलाई भुक्तानी नगरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication

‘चीन सरकारले अनुदानमा दिएको पेट्रोलियम पदार्थको मूल्य रसुवागढी भन्सार कार्यालयले ६ करोड २७ लाख रुपैयाँ मूल्यांकन गरेको देखिन्छ,’ महालेखाको ५६ औं प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘रकम हालसम्म नेपाल सरकारलाई भुक्तानी गरेको छैन ।’ रकम नेपाल सरकारलाई फिर्ता गरी हिसाब राफसाफ गर्नुपर्ने महालेखा परीक्षकको सुझाव रहेको छ ।

खाता नम्बर दिएपछि भुक्तानी हुन्छ : निगम

नेपाल आयल निगमले यसअघि अर्थ मन्त्रालयलाई पत्राचार गरेरै रकम भुक्तानीको प्रक्रिया माग गरेपनि अर्थ मन्त्रालयले कुनै जवाफ नदिँदा रकम भुक्तानी गर्न नसकिएको दाबी गरेको छ ।

चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ बिक्री गरेको रकम नेपाल आयल निगमले आफ्नो छुट्टै कोषमा राखेको र अर्थ मन्त्रालयले खाता नम्बर उपलब्ध गराएपछि भुक्तानी गरिने प्रतिक्रिया जनाइएको छ । निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले सरकारलाई भुक्तानी गर्नुपर्ने रकम निगमको छुट्टै कोषमा सुरक्षित रहेको र अर्थ मन्त्रालय खाता नम्बर उपलब्ध गराएपछि भुक्तानी गरिने बताए ।

यसअघि पटक–पटक अर्थ मन्त्रालयलाई पत्राचार गर्दै प्रक्रियाबारे जानकारी गराउन अनुरोध गरिएपनि अर्थ मन्त्रालयले कुनै प्रक्रिया नदिँदा भुक्तानी हुन नसकेको भट्टराईले दावी गरे । ‘हामीले रकम भुक्तानीको प्रक्रिया माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेका थियौं । मैले नै पत्रमा हस्ताक्षर गरेको थिएँ,’ उनले लोकान्तरसँग भने, ‘अर्थ मन्त्रालयले यहाँ भुक्तानी गर, यो–यो प्रक्रियाद्वारा भुक्तानी गर भनेर खाता नम्बरसमेत उपलब्ध गराएपछि त्यो रकम भुक्तानी हुन कुनै ठूलो कुरो नै छैन नि !’

पत्र खोजिदिन लोकान्तरले गरेको आग्रहमा भट्टराईले पत्र खोज्न समय लाग्ने र आफूहरूले मन्त्रालयमा पत्राचार गरेकोबारे विश्वस्थ हुन आग्रह गरे । ‘पत्र नै छ हामीसँग,’ उनले भने, ‘आज सम्बन्धित व्यक्ति बिदामा भएकाले पत्र खोज्न समय लाग्छ । तर पत्राचार गरेकै हौं । विश्वस्त भए हुन्छ ।’

२०७२ सालमा जारी संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो । नाकाबन्दीमा पेट्रोलियम पदार्थको हाहाकार भएपछि चीन सरकारले नेपाल सरकारलाई १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ अनुदानमा उपलब्ध गराएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x