
विराटनगर- बिहीवार मोरङको सुन्दर हरैँचा नगरपालिकामा शंकास्पद वस्तु फेला परेको प्रहरीलाई जानकारी गराए । प्रहरीले जानकारी पाउनेबित्तिकै बम भएको आशंका गर्दै निष्क्रिय पार्न नेपाली सेनाको सहयोगमा लियो ।
नेपाल बन्दको आह्वान गरेको प्रतिबन्धित नेकपा विप्लव समूहले कुनै बिस्फोटक वस्तु राखेको हुने आशंका गर्दै उसैले प्रेसर कुकर बम राखिएको आशंका गरियो ।
कुकर बम फेला पर्यो भनेर हल्ला चलेपछि प्रहरीले त्यस आसपासका क्षेत्रमा मानिसहरूलाई ओहोरदोहोरमा रोक लगायो ।
शंकास्पद वस्तु परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर प्रेसर कुकरलाई निष्क्रिय पार्दा कुकर भित्र बासी भात भेटिएको छ । साँझ खाना पकाएर खाएपछि सफा नगरेको कुकरमा बिस्फोटक पदार्थ हालेको फेला परेको हो ।
कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी करीब ३ मिटरको तार राखिएको र त्यहाँ सेनाको टोली गएर निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
तर प्रहरीले कुकरमा भात नभेटिएको जनाएपनि स्थानीयले भात भएको कुकरसहितको फोटो सार्वजनिक गरेको भएपनि प्रहरीले कुकरमा बासीभात भेटिएको पुष्टि गरेको छैन ।
यस बारेमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बम भेटिएपछि सेना र सशस्त्र प्रहरीको टोलीले त्यसलाई निष्क्रिय गर्ने काम गरेको बताए । प्रजिअ केसीले बिस्फोट गर्ने किसिमको साबुनहरू सहितको डिटोनेटर र तार हालेको अवस्थामा कुकर भेटिएको भएपनि भात भेटिएको बारेमा आफूलाई जानकारी नभएकोले त्यो बारेमा जानकारी लिने बताए ।