काठमाडौँ, ५ चैत - कांग्रेस सभापति र संसदीय दलको नेतामा निर्वाचित भएपछि शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको निर्वाचन पनि गराएका छन् । त्यसअघि स्व. सुशील कोइराला दलको नेता हुँदा भोट हाल्न सांसदहरू लाइनमा बसेपछि कार्यसमितिको चुनाव नै स्थगित भएको थियो, आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस विधानमा २१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ । तर, देउवाले एक वर्षमा १२ सदस्य मात्र मनोनीत गरेका छन् । सभापतिमा निर्वाचित भएर प्रमाणपत्र लिएको दिन ३ चैतमा देउवाले सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेर छिटो काम गर्ने सन्देश दिएका थिए । सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी र गगन थापा, कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी तथा नरहरि आचार्यलाई मनोनीत गरेका थिए ।
बाँकी पाँच सदस्य भने देउवाले तीन किस्तामा मनोनीत गरे । महाधिवेशनमा नउठेका श्याम घिमिरे, केशवकुमार बुढाथोकी र किशोरसिंह राठौरलाई २८ जेठमा देउवाले मनोनीत गरे । खुलातर्फ पराजित महालक्ष्मी उपाध्याय ‘डिना’ १६ साउनमा केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् । प्रदेश ४ बाट केन्द्रीय सदस्यमा पराजित भएका
सभापति शेरबहादुर देउवाले प्रतिबद्धताअनुसार निर्वाचित भएपछिको ६ महिनाभित्र तीन ठूला भ्रातृ संस्थाको महाधिवेशन गराएका छन् । भदौ पहिलो साता नेविसंघको ११औँ, भदौ अन्तिम साता महिला संघको तेस्रो र कात्तिक अन्तिम साता तरुण दलको चौथो महाधिवेशन भएको थियो ।