०५ साउन २०८३, मंगलबार

ट्राफिक प्रहरीमा उत्साह, प्रोत्साहन भत्ता ४० प्रतिशतसम्मले बढ्यो

ट्राफिक प्रहरीमा उत्साह, प्रोत्साहन भत्ता ४० प्रतिशतसम्मले बढ्यो
फाइल फोटो

काठमाडौं– सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता भत्ता ४० प्रतिशतसम्मले वृद्धि गरेको छ । 

वैशाख २ गते सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ लाई स्वीकृत गरेको छ । स्वीकृत गरिएको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलबअनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।  

निर्देशिकाअनुसार ट्राफिक प्रहरी जवान र हवल्दारको ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डीएसपीलाई १० प्रतिशत भत्ता वृद्धि हुने भएको छ । 

निर्देशिका आएपछि ट्राफिक प्रहरी खुशी भएका छन् ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले प्रोत्साहन भत्ताले ट्राफिक प्रहरीलाई आफ्नो काममा अझै दत्तचित्त भएर लाग्न हौसला प्रदान गरेको बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्