काठमाडौं, ५ चैत - मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न चार कर्मचारी र एक व्यवसायी जेल चलान भएका छन् । सात कर्मचारीसहित केही व्यवसायी भने धरौटीमा छुटेका छन् ।

ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले शुक्रबार प्राधिकरणका निलम्बित कर्मचारीहरू मनीष श्रेष्ठ, सुमन श्रेष्ठ, टहलबहादुर कार्की र भगवान पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । विद्युत् चोरीमा संलग्न गौशालाका मिठाईपसले तपन घोष पनि जेल चलान भएका छन् ।
मुद्दा दायर भएका सात कर्मचारीलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । कर्मचारी सूर्यबहादुर थापा, महादेव प्रधान, अन्नपूर्ण सापकोटा, पदमराज जोशी, बच्चुराम अर्याल, प्रदीप शर्मा र सूर्यबहादुर कार्की साधारण तारेखमा छुटेका हुन् । व्यवसायी अच्युत खड्का, श्याम बस्नेत, ओम ढुंगाना र दिलबहादुर साउद एक–एक लाख धरौटीमा छुटेका छन् । पक्राउ परेका अन्य व्यवसायीहरू उद्धवकुमार लामा, दिवाकर प्रधान, कुमार लामा, परवेज आलम, रमेश चुँडाल पनि धरौटीमा छुटेका छन्, नयाँ पत्रिकामा खबर छ ।