१० साउन २०८३, आइतबार

सांसदलाई मुख्यमन्त्रीको रुलिङ : सत्तापक्षीय कोणबाट बोल्नुस्

६ महिनापछि नेकपा संसदीय दलको बैठक
बैशाख ५, २०७६
सांसदलाई मुख्यमन्त्रीको रुलिङ : सत्तापक्षीय कोणबाट बोल्नुस्

धनगढी- झण्डै ६ महिनापछि बिहीवार सुदूरपश्चिम प्रदेश सरकारको सत्तारुढ दल नेकपा संसदीय दलको बैठक बसेको छ ।

संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा १० घण्टा १० मिनेट बैठक चलेको हो । सरकारको गतिविधिबारे समीक्षा, बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती तथा आगामी रणनीतिवारे छलफल गर्न बैठक बसेको थियो । यसैबीच बैठकमा सांसदबीच घम्साघम्सी समेत भएको खुलेको छ । स्रोतका अनुसार बैठकमा सरकारको पनि कडा आलोचना भएको छ ।

तर मुख्यमन्त्री भट्टले सांसदहरुलाई संसद तथा सार्वजनिक कार्यक्रममा सरकारबारे गम्भीरता देखाउन रुलिङ गरेका छन् । नेकपा संसदीय दलका सचेतक अक्कल रावलका अनुसार सांसदहरुलाई बोल्दाखेरि प्रतिपक्षीय दृष्टिकोणबाट नभई सत्तापक्षीय दृष्टिकोणबाट प्रस्तुत हुन सचेत गराइएको छ ।

पछिल्लो समय सरकारको काम कारवाहीवारे प्रतिपक्षी दलका सांसद मात्रै होइनन् सत्तापक्षीय सांसदले समेत तीव्र असन्तुष्टि जनाउँदै आएका थिए । सोही कुरालाई इंगित गर्दै मुख्यमन्त्री भट्टले सांसदहरुलाई सत्तापक्षीय दृष्टिकोणबाट हेर्न सुझाएको एक सांसदले बताए ।

हिउँदे सदन लगत्तै सत्तारुढ दल जनता माझ जाने भएको छ । नेकपाका प्रमुख सचेत तारा लामा तामाङले भने, ‘आज धेरै दिनपछि लामो छलफल भएको छ । खास गरी सरकारको गतिविधिबारे छलफल भयो । अब हिउँदे सदन सकिएपछि जनता माझ जाने, बजेट कार्यान्वयन गर्ने, गराउने र अगामी बजेटको लागि सम्बन्धित सरोकारवालासँग समन्वय गर्नेबारे घनिभूत छलफल भयो ।’

प्रमुख सचेत लामाले कर्मचारी समायोजनका कारणले पनि अपेक्षा गरिए अनुसार सरकारले काम गर्न नसकेको स्पष्ट पारे । ‘संघीयता ल्याउने बेला कर्मचारी व्यवस्थापनबारे कम ध्यान दिएका रहेछौं,' उनले भने, 'अहिले समायोजन गर्दा काममा बाधा आउँदै छ ।’

salt training

कमेन्ट गर्नुहोस्