२३ असार २०८३, मंगलबार

बासी भात खाँदा पनि हुन्छ अनेक फाइदा

बैशाख ५, २०७६
बासी भात खाँदा पनि हुन्छ अनेक फाइदा

 राति धेर भएको भात बासी हुन्छ अनि त्यो खाँदा स्वास्थ्य बिग्रिन्छ भनेर मान्छेले फ्याँकिदिने गर्छन् । फ्याँकेनन् भने पनि जनावरलाई खान दिन्छन् । 
तर तपाईंलाई थाहा छ, बासी चामल हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ नि । फ्याँकिहाल्नुभन्दा पनि बासी भातलाई माटोको भाँडोमा रातभरि भिजाएर राख्नुस् अनि बिहानको नाश्ताका रूपमा खानुस् । यसको सेवनले शरीरका कैयौं समस्या समाधान हुन्छन् । 

शरीरको तापक्रम नियन्त्रण 
बासी चामलको चुरो चिसो नै हुने हुनाले यसलाई दिनदिनै खाँदा शरीरको तापक्रम नियन्त्रणमा रहन्छ । 

कब्जियतबाट राहत 
बासी चामलमा भरपूर मात्रामा फाइबर हुन्छ जसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ । 

शरीरको ऊर्जा 
यसको सेवनले ऊर्जा प्राप्त भएर शरीर तरोताजा हुन्छ । 

अल्सरको घाउ निकेा
तपाईंलाई अल्सरको समस्या छ भने बासी चामलको सेवन गर्नुहोस् । हप्तामा तीनचोटि बासी भात खाँदा अल्सरको घाउ निको हुन्छ । 

चियाकफीको लत छुटाउँछ 
तपाईंलाई ज्यादै चिया र कफी पिउने बानी छ र यो लतबाट छुटकारा चाहनुहुन्छ भने बासी भात खान शुरु गर्नुस् । 

salt training

कमेन्ट गर्नुहोस्