११ असार २०८३, बिहीबार

को होला कास्कीमा रवीन्द्रको उत्तराधिकारी ?

बैशाख ६, २०७६
को होला कास्कीमा रवीन्द्रको उत्तराधिकारी ?

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२  खाली भएको छ । 
सरकारले उपनिर्वाचनको मिति घोषणा गरेको त छैन तर सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा परिचर्चा सुरु भइसकेको छ।  
सम्भावित उम्मेदवारको रुपमा उनकै पत्नी विद्या भट्टराई, नेकपा सचिवालय सदस्य बामदेव गौतमदेखि जिल्लाका नेतासम्मको नाम चर्चामा छन् । तर वामदेवले भने आफू नउठ्ने र रवीन्द्रको परिवारलाई प्राथमिकता दिइनुपर्ने स्पष्ट पारिसकेका छन् । 
आजको नयाँ पत्रिका दैनिकले सम्भावित उम्मेदवारमा विद्या भट्टराई, सोमनाथ अधिकारी प्यासी, धनराज आचार्य, तुलबहादुर गुरुङ र रश्मी आचार्यको नाम बढी चर्चामा रहेको खबर छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्