काठमाडौँ, ५ चैत - सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन्, आजको राजधानीमा खबर छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन् ।
बैठकमा सहभागी नेता रामकृष्ण यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसमा भित्र्याउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्ने निष्कर्ष सहभागीले सुनाएको बताए ।