२५ असार २०८३, बिहीबार

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेअड्डामा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेअड्डामा

काठमाडौं –आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरि आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गेअड्डामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले शुक्रवार गरे ।

शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरूलाई व्यवसायी बन्नमा पु¥याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, बैंकका ब्राण्ड एम्बस्डर कुञ्जना घिमिरे (सुन्तली ), चन्द्रागिरी न.पा. वडा नं १५ का अध्यक्ष उत्तमबहादुर राउत र सुन्दरवन अफ साइन्सका प्रिन्सिपल धुव्र आचार्यले बैंकको सफलताको शुभकामना मन्तव्य राखे ।

समारोहमा स्थानीय नागरिक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्र भलाद्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।

सो क्रममा उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधैं तत्पर रहेको बताए । त्यसैगरी यस बैंकको व्यवसाय वृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रूपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरि आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहक वर्गलाई बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिङ सुविधा साथै देशैभरि भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निः शुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्