०१ असार २०८३, सोमबार

दिल्लीमा भेटघाट सकेर गृहमन्त्री निधि स्वदेश फिर्ता

कात्तिक २०, २०७४
दिल्लीमा भेटघाट सकेर गृहमन्त्री निधि स्वदेश फिर्ता


काठमाडौँ, ५ चैत - उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई गएराती स्वदेश फर्किएका छन् ।nidhi modi

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले भ्रमण उपलब्धिमूलक रहेको बताए ।

उनले सबै किसिमको आतङ्कवादको अन्त्यका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र नेपाल आतङ्कवादको अन्त्यका लागि प्रतिबद्ध रहेको भनी सम्मेलनमा प्रस्तुत गरेको नेपालको प्रस्ताव स्वीकृत भएको उल्लेख गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको चर्चा गर्दै गृहमन्त्री निधिले प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिएको बताए ।
नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन भारत तयार रहेको गृहमन्त्री निधिले जानकारी दिए ।
उनले दुई देशबीचको सम्बन्धमा देखिएको समस्यालाई कूटनीतिक तवरबाट समाधान गर्न सकिने धारणा दुवै पक्षबाट व्यक्त गरिएको बताए ।

उनले भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह तथा भारतीय नेताहरु डा मनमोहन सिंह, डिपी त्रिपाठी, सीताराम येचुरी, त्यहाँका पत्रकार , नागरिक समाजका अगुवासँग भेट भएको र ती भेटघाटमा सबैले नेपालको लोकतन्त्र र आर्थिक समृद्धिमा भारतको अत्यन्त सहयोग र सहानुभूतिको भावना देखाएको बताए ।
इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनमा भाग लिन उनी फागुन ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्