०४ असार २०८३, बिहीबार

पोल सार्न खोज्दा करेन्ट लागेर एक जनाको मृत्यु

पोल सार्न खोज्दा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं - तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौँ बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सो क्रममा करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्