
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्त गरेकी छन् ।
न्याय परिषद्बाट सिफारिस तथा संसदीय सुनुवाई विशेष समितिबाट सर्वसम्मतिले अनुमोदन भएका प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुँयाल, कुमार रेग्मी र डा. मनोजकुमार शर्मालाई राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।
'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहायका मुख्य न्यायाधीश तथा कानून व्यवसायीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपति कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।