मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारविरुद्ध आन्दोलन चर्काउने बेला आएको बताएका छन् । नेपाली कांग्रेस सार्दीखोला इकाईद्धारा नवनिर्मित बीपी स्मृति भवनको शुक्रवार उद्घाटन गर्दै सभापति देउवाले सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले वर्तमान सरकारका कारण आम नागरिक र पत्रकारले समेत दुःख पाएको बताए । ‘यो सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना भइरहेका छन् । महंगी र कालाबजारी बढीरहेको छ,’ उनले भने, ‘सरकार अपराधीलाई कारवाही गर्दैन । सरकारले मुलुकमा लुटतन्त्र मच्चाइरहेको छ ।’
सभापति देउवाले सरकार लाचार बनेको बताउँदै अब कांग्रेसले खबरदारी गर्ने बताए । पार्टीभित्रका मनमुटाव र असन्तुष्टि हटाउँदै पार्टीलाई संगठित गर्ने काममा आफू लागि परेको देउवाको दाबी थियो ।
केन्द्रीय सदस्य धनराज गुरुङले देश अहिले दुईतिहाईको चंगुलमा फसेको वताए । उनले बालुवाटारको जग्गा समेत हडप्ने कम्युनिष्ट नेताहरु इतिहासमा कलंक सावित भएको टिप्पणी गरे । वर्तमान प्रधानमन्त्री ओलीको चरित्र र व्यवहार भ्रष्ट भएको गुरुङले आरोप लगाए ।
इकाई सभापति गुञ्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुन जोशी, कास्की सभापति कृष्ण केसी लगायतले बोलेका थिए ।
भवन निर्माणका लागि पूर्व अध्यक्ष आशवहादुर गुरुङले ८ आना जग्गा दिएका थिए । करीब ९० लाखको लागतमा सो भवन तयार भएको गाउँ इकाईका अध्यक्ष गुञ्जमान गुरुङले जानकारी दिए । भवनमा सभाहल सहित ४ कोठा रहेका छन् ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...