०१ साउन २०८३, शुक्रबार

कंगना बनिन् बलिउडकी महंगी अभिनेत्री, पारिश्रमिक कति ?

कंगना बनिन् बलिउडकी महंगी अभिनेत्री, पारिश्रमिक कति ?

नयाँदिल्ली–अभिनेत्रि कंगना रनोट भारतकी सबैभन्दा महंगी कलाकार बनेकी छन् ।  उनले केही पहिले राजनीतिज्ञ तथा अभिनेत्री जयललिताको बायोपिकको घोषणा गरेकी छन् । सोही फिल्ममा उनी भारतकी सबैभन्दा महंगी अभिनेत्री बनेकी हुन् । 

कंगनाले उक्त फिल्ममा २४ करोड भारु लिनेछिन् । तमिल र हिन्दी भाषामा निमार्ण हुने यो फिल्ममा निर्माताले उनीमाथि विश्वास गर्दै यती ठूलो रकम लगानी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

अर्की अभिनेत्री दीपिका पादुकोणको तुलनामा कंगनाको यो रेट दोब्बर हो । कंगनाले आफ्नो र जयललिताको कहानी एउटै भएका कारण बायोपिक आफूलाई अफर गरिएको प्रतिक्रिया दिएकी छन् । फिल्मकाे नाम तमिलमा ‘पुरात्चि थलाइवी’ र हिन्दीमा ‘जया’ राखिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्