०५ असार २०८३, शुक्रबार

सम्झनामा २००१ सालमा नेपालमा भएको त्यो पहिलो विमान दुर्घटना

बैशाख ७, २०७६
सम्झनामा २००१ सालमा नेपालमा भएको त्यो पहिलो विमान दुर्घटना

काठमाडौं–“प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे । प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो” ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती दृश्य गोकुलप्रसाद शर्माको स्मरणमा अझै पनि ताजा छ ।
वि. सं. २००१ सालको त्यो घटना । पुस २ गते राति विमान बडेमानको आवाजका साथ बजारियो । सिरहाको भेडियाका गाँउलेले बेलाबखत आकाशमा विमान उडेको देख्ने गरेकै थिए । 
आफ्नै गाउँपछाडि रातको समयमा विमान बज्रिएपछि निद्रामा मस्त स्थानीयमा खैलाबैला मच्चिनु स्वभाविक थियो । आगोको मुस्लो देखेपछि उनीहरू घटनास्थलतर्फ कुदाकुद गरे । 
ऊबेला यातायात र सञ्चार सुविधा नभए पनि विमान खसेको खबर सिरहा बजारसम्म आइपुग्यो, तर खबर आइपुग्न दुई दिन लाग्यो । पुस ८ गतेको गोरखापत्रमा समाचार पनि छापियो, “सिरहाबाट करिव चार कोस परतिर पौष २ गते राती अमेरिकन चिनु भएको एउटा हवाइजहाज सय डेढ सय गिद्ध बसिरहेको रुखमा बज्रेर नगिचैको पानीमा गाडिई चूर भएछ । पाइलटको पत्तो छैन ।  ” 
तेजारथ सिरहा बजारमा थियो । त्यसैले हाकिमहरूको बसोबास पनि उतै थियो । बजारमै घर थियो गोकुलप्रसादको । 


पछि फागुन ११ गतेको गोरखापत्रमा ‘अघि खसेको हवाइजहाजको अन्तेष्टी’ शीर्षकमा समाचार छापियो, “यही मेडियाले पहिले खसेको हवाइजहाज लिन भनी सालमेन पार्टीबाट १२ गतेका दिन सिरहामा आएर हवाइजहाजको जाँच गरी काम नलाग्ने ठहर्याइ जम्मै पाट र टोटामा प्याट्रोल खनाइ आगो लगाइ जलाए, भोलिपल्ट आफ्ना मुलुकतिर गए ।” 

salt training

कमेन्ट गर्नुहोस्