०१ साउन २०८३, शुक्रबार

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरूलाई नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेगरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अस्पतालका तर्फबाट नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे । 

मुलुकभर रहेका २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाइमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ । बैंकको करीब १५ लाख ग्राहक छन् । 

salt training

कमेन्ट गर्नुहोस्