
काठमाडौं– अदालतकै आदेशमा सयौ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा दाबी गर्दै दायर गरिएका पाँच सय भन्दा धेरै मुद्दा अहिले पनि विभिन्न अदालतमा छन् ।
महान्यायाधीवक्ताको कार्यालयका अनुसार सर्वोच्च अदालतमा मात्रै सार्वजनिक जग्गासम्बन्धी चार सय मुद्दा छन् ।
सर्वोच्चबाहेक जिल्ला अदालत र उच्च अदालतमा करीब डेढ सय मुद्दा रहेको सहन्यायाधीवक्ता उद्धवप्रसाद पुडासैनीले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।