
पोखरा- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन ।'
पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति-व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् ।
'एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन,' उनले भनिन्, 'पार्टीलाई संगठित बनाएर लैजानुपर्छ ।' देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको संगठन विस्तार गर्नुपर्नेमा उनले जोड दिइन् ।