१० साउन २०८३, आइतबार

राष्ट्रपति भण्डारीद्वारा संसद्को बजेट अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीद्वारा संसद्को बजेट अधिवेशन आह्वान
फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रतिले वैशाख १६ का लागि संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।

बजेट अधिवेशन यही वैशाख १६ गते दिउँसो ४ बजे बस्ने छ । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयको पत्र आइतवार संघीय संसद् सचिवालयलाई प्राप्त भएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

सरकारले संसद्को बैठकमा बजेटपूर्वको छलफल (प्रि-बजेट)माथि छलफल गराउने तयारी गरेको छ । यही अधिवेशनमा संसद्मा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तथा जेठ १५ गते नयाँ बजेट पेश हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्