१५ असार २०८३, सोमबार

नेकपाको सचिवालय बैठक शुरू, एकीकरणको खाकालाई अनुमोदन गरिने

नेकपाको सचिवालय बैठक शुरू, एकीकरणको खाकालाई अनुमोदन गरिने

काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

आइतवार पार्टीको जिल्ला कमिटी नेतृत्व, पोलिटव्युरो, विभिन्न विभाग र जनवर्गीय संगठनको एकीकरणका लागि अन्तिम गृहकार्य चलिरहेको थियो । एकीकरण प्रक्रियालाई अब बस्ने सचिवालय बैठकले अनुमोदन गर्नेछ ।

पार्टी एकताको अन्तिम खाका तयार गर्न बालुवाटारमा आइतवार दिनभर महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल खटिएका थिए । लामो समयसम्म पूर्ण नभएको एकता प्रक्रियाको खाकालाई नेता नेपाल समेतको सहमतिमा सचिवालयले अनुमोदन गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्