०१ असार २०८३, सोमबार

कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्षः टुटफुटदेखि दुई तिहाईको सरकारसम्म

बैशाख ९, २०७६
कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्षः टुटफुटदेखि दुई तिहाईको सरकारसम्म

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ । सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ । यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ । 

शक्तिशाली सरकार गठनसम्मको यात्रा तय गर्न कम्युनिष्ट पार्टीले थुप्रै टुटफुट र एकताको श्रृङ्खला पार गर्नुपरेको छ । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । 

सिद्धान्ततः माक्र्सवाद र लेनिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिस्ट पार्टीमा समयक्रममा मतभेदसँगै अनेक विभाजन आए ।
नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीको पहलमा २२ अप्रिल विसं २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणा–पत्र जारी गरिएको थियो । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्