एजेन्सी- चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी आईपीएलको १२ औं संस्करणमा शानदार फर्ममा छन् । ३७ वर्षीय धोनीलाई रन बनाउन रोक्न बलरलाई मुस्किल नै छ । धोनीले आईपीएल इतिहासमा दुई सय छक्का पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।
उनी आईपीएलमा सर्वाधिक छक्का हान्ने सुचिको तेस्रो नम्बरमा छन् । रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा धोनीले शानदार प्रदर्शन गरे । उनले ४८ बलमा नटआउट ८४ रन बनाए । धोनीले आफ्नो पारीमा ५ चौका र ६ छक्का हाने । उनले आईपीएल इतिहासमा २०३ छक्का प्रहार गरेका छन् ।
सर्वाधिक छक्का प्रहार गर्ने सुचिको शीर्षस्थानमा क्रिस गेल रहेका छन् । उनले ३२३ छक्का हानेका छन् । त्यस्तै २०४ छक्कासहित सुचिको दोस्रो स्थानमा एबी डिविलियर्स रहन सफल भएका छन् ।
आईपीएलमा सर्वाधिक छक्का
१. क्रिस गेल, 120 पारी - ३२३ छक्का
२. एबी डिविलियर्स, १३८ पारी - २०४ छक्का
३. महेन्द्रसिंह धोनी, १६५ पारी - २०३ छक्का
४. रोहित शर्मा, १७७ पारी - १९० छक्का
५. सुरेश रैना, १८२ पारी - १९० छक्का
६. विराट कोहली, १६५ पारी - १८६ छक्का