१२ असार २०८३, शुक्रबार

फोटोग्राफरले घेर्दा मलाइकालाई असहज, सन्किए अर्जुन !

फोटोग्राफरले घेर्दा मलाइकालाई असहज, सन्किए अर्जुन !

एजेन्सी- बलिउड अभिनेत्री मलाइका अरोराको अरबाज खानसँग 'डिभोर्स' भइसकेको छ । यसैबीच मलाइका अरोरा र अभिनेता अर्जुन कपूर प्रेम-सम्बन्धमा रहेको चर्चाले बलिउड ताताएको छ । यी दुईको अफेयरलाई लिएर लगातार खबरहरू आइरहेका छन् ।

तर अहिले उनीहरूसँग जोडिएर एउटा नयाँ खबर चर्चामा छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मलाइका अरोरालाई फोटोग्राफरहरूले बाटो रोकेको भन्दै अर्जुन कपूर रिसाएका छन् । 

फोटो खिच्ने क्रममा मलाइकालाई हिँड्न असहज भएको भन्दै अर्जुन कपूर रिसाएर फोटोग्राफरहरूलाई धकेलेको समेत बताइएको छ । 

खबरका अनुसार उक्त घटनाको भिडियो इन्टरनेटमा भाइरल बनिरहेको छ । 

हालै माल्दिभ्समा मलाइकाले छुट्टी मनाएकी थिइन् । मलाइकाको त्यो तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्