१४ असार २०८३, आइतबार

सरकारकै उप प्रधानमन्त्रीले दिए बन्दुक बोक्ने धम्की !

कात्तिक २०, २०७४
सरकारकै उप प्रधानमन्त्रीले दिए बन्दुक बोक्ने धम्की !
काठमाडौं, चैत ५–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल एवम् उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले विचारमाथि प्रतिबन्ध लगाउन खोजे बन्दुक बोकेर संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन चिन्ह गाईको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था शब्दावली पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिने समेत बताए ।

निर्वाचन आयोग आफैले निर्वाचनको वातावरण धमिल्याउन खोजेको भन्दै निर्वाचन नभए त्यसको सम्पूर्ण दोष निर्वाचन आयोगले लिनुपर्ने समेत बताए । थापाले धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्