११ असार २०८३, बिहीबार

नेपाल मेडिसिटीको ट्यालेन्ट सर्चमा १ हजार नर्स सहभागी

कात्तिक २०, २०७४
नेपाल मेडिसिटीको ट्यालेन्ट सर्चमा १ हजार नर्स सहभागी
काठमाडौं, ५ चैत- काठमाडौका १ हजार भन्दा बढी नर्सहरु नेपाल मेडिसिटी मेगा ट्यालेन्ट सर्च फर नर्सिङ्ग कार्यक्रममा सहभागीभएका छन् ।

अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय स्वास्थ्य केन्द्रको रुपमाआफ्नो सेवाशुभारम्भ गर्न लागेको ७ सय ५० शैयाको यस अस्पतालले नर्सिङ्ग सेवालाई उच्चप्राथमिकतादिदै देशका सबै प्रमुख शहरहरुमा यस प्रकारको कार्यक्रमको आयोजना गरी देशभरीका नर्सहरुलाई अस्पतालमा सेवागर्ने अवसर प्रदान गरेको छ ।

न्यूरो, कार्डियाक, रेनल, ग्यास्ट्रो, अर्थोपेडिक्स तथाअंकोलोजीतर्फ विश्वस्तरको अति विशिष्ट सेवाहरु केन्द्रहरुको स्थापना गरेको छ भने चिकित्सा सेवाकाअन्य सबै विशेषज्ञ सेवाहरु एउटै छानामुनिबाट प्राप्तहुने भएकोले विरामीहरुलाई उपचारकालागि उत्कृष्ट गन्तब्यहुने अस्पतालका अस्पताल प्रशासकविजय रिमालले बताउनु भयो ।

राष्ट्रिय गौरवको रुपमा रहेको यो अस्पतालले उपचारकै लागिविदेश जानुपर्ने अवस्थालाई न्यूनगर्ने र विदेशमा रहेका नेपालीचिकित्सकतथा स्वास्थ्यकर्मीहरुलाई नेपालमै कामगर्ने वातावरण, अवसर र विशिष्ट पूर्वाधारहरुको ब्यवस्था गरेकोले यसले नेपालको स्वास्थ्यको क्षेत्रमाउल्लेखनीय फड्को मार्ने विश्वास सहितनेपालको स्वास्थ्य क्षेत्रको उन्नयनका लागि समाजसेवी तथा उद्योगपति डा. उपेन्द्र महतोले स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीगर्नु भएको अस्पताल प्रशासक रिमालले बताउनु भयो ।

ज्वाइन्ट कमिशन इन्टरनेशनल, एनएन बि एच, एन ए बि एललगायतका अन्तर्राष्ट्रियस्तरका गुणस्तरलाई यस अस्पतालले लागू गरी देश विदेशका विरामीहरुलाई नेपालमै उपचारका लागिआकर्षित गर्ने यस अस्पतालको योजना रहेको अस्पतालका भाइस प्रेसिडेन्ट ह्युमन रिसोर्स अनिल ओडुविलले बताउनुभयो ।

नेपालमै दक्ष र प्रतिबद्ध नर्सहरु रहेको र उनीहरुलाई राम्रो अवसर, तालीम र सीपअभिबृद्धि गर्ने हो भने नेपालका नर्सहरुले पनिविश्वस्तरको सेवा नेपालमै दिन सक्ने अस्पतालका नर्सिङ्ग डाइरेक्टर धनमालाले बताउनुभयो ।

गुणस्तरीय नर्सिङ्ग सेवा नेपालमाअझपनिचुनौतिपूर्ण रहेको र त्यसकालागि नेपालनर्सिङ्ग काउन्सिलएवं नेपाल सरकारका तर्फबाट पनि कार्यहरु भईरहेकोले नेपालमा पनि उच्च पूर्वाधार, उपकरण एवं मेडिकल कार्यक्रमहरु सहितका अन्तर्राष्ट्रियस्तरका अस्पतालहरुको आवश्यकता रहेकोले नेपाल मेडिसिटी जस्ता अस्पतालहरुको देशमा आवश्यकता रहेको प्रमुखअतिथि नेपालनर्सिङ्ग काउन्सिलका अध्यक्ष गोमा निरौलाले बताउनुभयो ।

काठमाडौमा आज एक कार्यक्रमको आयोजना गरी नर्सहरुलाई काठमाडौ छनौटमा सहभागी गराउने क्रममामाइन्ट म्याटर्स विषयमा अन्तरकृया समेत गरिएको थियोे । उक्त अन्तकृया मार्फत कार्यक्रममा सहभागी नर्सहरुलाई चुस्तदुरुस्त दिमाग, शरीर र मुस्कानका लागि अभ्यासहरु गराईएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्