२९ जेठ २०८३, शुक्रबार

बजारमा आयो आकर्षक बाइक, पर्न सक्छ तपाईँको रोजाइमा 

कात्तिक २०, २०७४
बजारमा आयो आकर्षक बाइक, पर्न सक्छ तपाईँको रोजाइमा 
काठमाडौं, ५ चैत– बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनारको मुल्य रु.४,६९,९०० तोकिएको छ ।Picture
आधुनिक चेसिस इन्जिनियरिंगका साथमा ३७३.३ सीसीको ट्रिपल स्पार्क डिटिएसआई इन्जिन रहेको डोमिनारमा ६ स्पीड गियरबक्स र स्लीपर क्लच राखिएको छ भने १४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।
डोमिनार ४०० ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केबल ८.२३ सेकेण्डमा नै तय गर्न सक्दछ भने केबल ४६.१९ मिटरमा १०० किलोमिटर प्रतिघण्टाबाट शुन्यमा ब्रेकिंग गर्न सकिन्छ, जसले यसलाई माथिल्लो तहको कार्यक्षमता प्रदान गर्दछ । यसमा भएको एडभान्स लिक्विड कुलिंग सिस्टमले इन्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राको लागि सहज बनाउँछ ।
बाइकमा रहेको ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्कका साथमा ड्यूल च्यानल एबीएस(एन्टि लक ब्रेकिंग सिस्टम)ले ब्रेकिंगलाई सुरक्षित बनाएको छ । यो बाइकमा ११०/७० सेक्सन टायर फ्रन्टमा र १५०÷६० सेक्सन टायर रियरका साथमा १७ इन्चको एलोए ह्विल राखिएको छ । डोमिनार ४०० पेरिमिटर ससक्त फ्रेमका साथै कन्टाउर प्रेस्ड स्टील स्वींगआमले ससक्त यात्राको अनुभूती दिन्छ । यसको फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क र मल्टि स्टेप एडजस्टेबल मोनो सक राखिएको छ ।
शानदार आकार र अवस्थिती गर्दै बजाज डोमिनारको लम्बाई २१५६ एमएम, चौंडाई ८१३ एमएम तथा १११२ एमएमको उचाई प्रदर्शीत गरिरहेको छ । यो बाइकमा १४५३ एमएमको ह्वीलबेस छ भने यसको ग्राउण्ड क्लियरेनस १५७ एमएम रहेको छ । यसका साथै बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ भने यसको कुलतौल १८२ केजी रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्