०२ असार २०८३, मंगलबार

कञ्चनपुर घटनाको विरोधमा प्रदर्शन

कात्तिक २०, २०७४
कञ्चनपुर घटनाको विरोधमा प्रदर्शन

काठमाडौँ, ५ चैत - कञ्चनपुरमा गतहप्ता भारतीय सीमा सुरक्षाबलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटना र १८औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी) ले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

नारा, जुलुससहितको विरोध प्रदर्शन जमल, महेन्द्र शालिक, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनी मार्ग, सहिदगेट, न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भारतीय हेपाहा प्रवृत्तिको निरन्तरता कञ्चनपुर घटना भएको भन्दै भारतले माफी माग्नुपर्ने बताउनुभयो ।

नेपाल सरकारले समेत यो विषयलाई गम्भीरतापूर्वक नलिएको जिकिर गर्दै कडाइपूर्वक यस विषयमा भारतसँग कुरा राख्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल सानो भयो भन्दैमा सार्वभौमिकता सानो नहुने टिप्पणी गर्दै भारत बेलायती सरकारको उपनिवेश भएको तर नेपाल उपनिवेश नभएको इतिहास नबिर्सन अध्यक्ष वैद्यले आग्रह गर्नुभयो ।

नेपाली जनताले आफ्नो एक इन्च भूमि पनि नछोड्ने भन्दै त्यसका लागि आवश्यक परे राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न तयार रहन सबैसँग उहाँले आग्रह गर्नुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष वैद्यले सहिदले देखाएको लक्ष्य र सपना अझै पूरा नभएको भन्दै ती पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको दोहो¥याउनुभयो ।

विसं २०५५ मा आजकै दिन काभ्रेको अनेकोटमा तत्कालीन राज्य पक्षले सातजना कलाकारको हत्या गरेको थियो । सोही दिन मारिएका कलाकारको सम्झनामा माओवादीले हरेक वर्ष चैत ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउने गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्