
काठमाडौं- गोर्खाको नयाँ क्याम्पेन 'नेपालीपन गोर्खाली मन' पुन: एक पटक भारतको प्रख्यात मार्केटिङ रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङमा फिचर हुन र सराहना पाउन सफल भएको छ । यो क्याम्पेन अघिल्लो क्याम्पेनको विस्तारित भाग हो र यसले हरेक नेपालीको भावना छायाँद्वारा गोर्खालीको व्यक्तित्व झल्काउने कुरालाई प्रस्तुत गर्दछ ।
नेपालभरिका नेपालीहरूको लागि अझ सान्दर्भिक बनाउनको लागि यो क्याम्पेनलाई ७ विभिन्न स्थानीय भाषामा अनुवाद गरिएको छ । यो क्याम्पेन आफैंले एकताको बारेमा कुरा गर्ने भएकोले यसको सञ्चारको लागि विभिन्न स्थानीय भाषाको प्रयोग गर्दा क्याम्पेनको मुख्य भावनालाई जीवित राखेको देखिन्छ ।
गोर्खा ब्राण्डले जहिले पनि यसको चरित्रलाई सृजनशील रूपमा छायाँद्वारा प्रस्तुत गरेको छ र हालको क्याम्पेनमा निरन्तर रूपमा प्रयोग गरिरहेको छ । सृजनशीलताका साथ छाँयालाई प्रयोग गरेर ब्राण्डले गोर्खा र गोर्खालीको चरित्रलाई उचित रूपले दर्शाउन सफल भएको छ ।
अरू स्थानीय विज्ञापन क्याम्पेन पनि यो क्याम्पेन जस्तै सृजनशील र प्रभावकारी हुनुका साथै विश्वव्यापी रूपमा छलफल गरिने र सराहना गरिनेछ भन्ने हाम्रोअपेक्षा रहेको छ ।