०२ असार २०८३, मंगलबार

कार दुर्घटनामा एकको मृत्यु

कात्तिक २०, २०७४
कार दुर्घटनामा एकको मृत्यु

इटहरी, ५ चैत - इटहरीबाट धरान गइरहेको बा१५च २०६३ नंको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा सो कारमा यात्रारत धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।accident

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार दिउँसो ३ बजेतिर तीव्रगतिमा रहेको उक्त कार सडक किनारमा रहेको रुखमा ठोक्किन पुग्दा अन्दाजी वर्ष ४५ का विष्णु लिम्बूको घटनास्थलमा मृत्यु भएको हो । यो घटनामा अन्य पाँचजना घाइते भएका छन् ।

लिम्बूकी श्रीमती ३७ वर्षीया दिलकुमारी, पाँच महिने बच्चा तथा कार चालक एवम् कारधनी राजेन्द्र ल्वागुन, उनका १० वर्षीय छोरा नीरज ल्वागुन र श्रीमती सुशीला ल्वागुन घाइते भएको र उनीहरु सबैको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्