१६ असार २०८३, मंगलबार

‘प्रेमगीत ३’ निर्माणको घोषणा, वर्षको अन्तिममा प्रदर्शन हुने

बैशाख १२, २०७६
‘प्रेमगीत ३’ निर्माणको घोषणा, वर्षको अन्तिममा प्रदर्शन हुने

काठमाडौं- चलचित्र ‘प्रेमगीत’को तेस्रो सिरिज निर्माण हुने भएको छ ।

आशुसेन फिल्म प्रोडक्सनले आफ्नो पाचौं प्रोजेक्टको रुपमा ‘प्रेमगीत ३’ निर्माण गर्न लागेको हो । आशुसेन फिल्म प्रोडक्सनले यसअघि ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेमगीत २’ र ‘मेरी मामु’ निर्माण गरेको छ । निर्माता सन्तोष सेनले चलचित्र निर्माण घोषणासंगै प्रदर्शन मिति पनि तय गरिएको बताए । उनका अनुसार चलचित्र यस वर्षको चैत २८ गतेबाट प्रदर्शनमा आउनेछ । 

चलचित्रलाई ‘डम्बरुको डण्डिबियो’ निर्देशक छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने जनाईएको छ । त्यसबाहेक निर्माण यूनिटले कलाकारबारे खुलाएको छैन् । तर, चलचित्रका लागि मुख्य नायकको रुपमा प्रदीप खड्का फाइनल भईसकेको बुझिएको छ । यद्यपी निर्माता सेन चाँडै पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रबारे विस्तृत जानकारी दिने बताउँछन् ।

चलचित्रको कथा १ सय वर्ष अघिको रहेको जनाईएको छ । चलचित्रलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्