२३ असार २०८३, मंगलबार

श्रीलंकाको संसद्को नक्सा बोकेका एक व्यक्तिलाई सुरक्षाकर्मीले गरे पक्राउ

बैशाख १२, २०७६
श्रीलंकाको संसद्को नक्सा बोकेका एक व्यक्तिलाई सुरक्षाकर्मीले गरे पक्राउ

काठमाडौं – श्रीलंकाका अधिकारीहरूले २६ वर्षीय एक व्यक्तिलाई संसद्को नक्सा र ६ वटा पाससहित पक्राउ गरेका छन् । ती व्यक्तिले राइफल र गोली समेत बोकेका थिए । 

स्थानीय रिपोर्टअनुसार, प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेका ती व्यक्तिले संसद्का अनेकौं पास र संसद् भवन जाने बाटोको रूटको नक्सा पनि बोकेका थिए । उनीहरूले बम बोक्नका लागि परिवर्तन गरिएको एक गाडी पनि फेला पारेका थिए तर कुनै विस्फोटक पदार्थ भेटिएन । 

विस्फोटक पत्ता लगाउनका लागि कुकुर इकाइलाई पनि खटाइएको थियो तर केही पत्ता लागेन । प्रहरीले ट्याब्लेट डिभाइस, तीनवटा मोबाइल फोन, एक दर्जन सिम कार्ड, टी–५६ राइफल र गोलीगट्ठा अनि अनेकौं क्रेडिट कार्ड बरामद गरेको छ । 

श्रीलंकाले आइतवारको शृंखलाबद्ध विस्फोटका आरोपितहरूलाई समात्नका लागि हजारौं सुरक्षाकर्मी खटाएको छ । 

नाम नखुलाइएका आरोपितलाई बिहीवार अदालतसमक्ष पेश गरिएको छ । घटनापछि १०० भन्दा बढी आरोपित पक्राउ परेका छन् । नौमध्ये आठ आत्मघाती आक्रमणकारीको नाम सार्वजनिक गरिएको छ । 

घटनापछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रक्षामन्त्री र प्रहरी प्रमुखलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

बिहीवार समेत कोलम्बो नजिक एक अदालत भवनपछाडि विस्फोट भएको थियो । घटनामा कुनै हताहती नभएको एक प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बताए । 

कोलम्बोबाट ४० किलोमिटर पूर्वतिर रहेको पुगोडामा रहेको मजिस्ट्रेट अदालतपछाडिको खाली जमीनमा विस्फोट गराइएको थियो । 

आरटीबाट

salt training

कमेन्ट गर्नुहोस्