०७ असार २०८३, आइतबार

२० हजार घुससहित मालपोतका कार्यालय सहयोगी रंगेहात पक्राउ

बैशाख १२, २०७६
२० हजार घुससहित मालपोतका कार्यालय सहयोगी रंगेहात पक्राउ

बुटवल- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयले मालपोत कार्यालय, भैरहवा रुपन्देहीका कार्यालय सहयोगी जोगन्द्रप्रसाद चौधरीलाई २० हजार घुससहित रंगे हात पक्राउ गरेको छ ।

आयोगको बुटवल कार्यालयको टोलीले बुधjfर दिउँसो कार्यालयबाटै चौधरीलाई २० हजार घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । 

एक जना सेवाग्राहीसँग सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि अदालती प्रक्रियाका लािग माग गरेर २०७५ चैत ११ गते कार्यालयमा निवेदन दिएका थिए । तर चौधरीले पैसा नदिएसम्म नपाइने भन्दै २० हजार रूपैयाँ घुस मागेको थिए । उक्त रकम लिँदै गर्दा अख्तियार टोलीले पक्राउ गरेको हो । चौधरीलाई थप अनुसन्धानका लागि केन्द्रीय कार्यालय काठमाडौं पठाइएको अख्तियारले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्