२८ असार २०८३, आइतबार

अमेरिकी पूर्व उपराष्ट्रपतिद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

बैशाख १२, २०७६
अमेरिकी पूर्व उपराष्ट्रपतिद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

काठमाडौँ - अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उहाँ एक शसक्त नेता मानिन्छन् ।

जनतामाझ चिरपरिचित तथा लोकप्रिय ७६ बर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि देखिएका छन् । ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उनले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताएका छन् ।

'देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,' उनले ट्वीटरमा लेखेका छन्,  'त्यसैले मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको हुँ,' उनले थप स्पष्ट पार्दै लेखे ।

अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय रहेका विदेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गरे । उनले पूर्व राष्ट्रपति वाराक ओवामाको कार्यकालमा आठ बर्षसम्म उपराष्ट्रपति भएर काम गरेका थिए । आउँदो निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्