
१. प्रत्येक व्यक्तिको औंलाको छाप र जिभ्रोको छाप फरकफरक भएजस्तै गन्ध पनि फरक हुन्छ ।
२. ६० वर्षको उमेरपछि अधिकांश मानिसले स्वाद चिन्न छोड्छन् ।
३. जन्मेदेखि मरेसम्म तपाईँको आँखाको आकार उत्रै रहन्छ जबकि नाक र कान बढिरहन्छ ।
४. मानिसको शरीरको सबभन्दा साह्रो हड्डी बंगारा हो ।
५. हात र खुट्टामा मानव शरीरभरिको लगभग आधी हड्डी हुन्छन् ।
६. हाम्रो शरीरमा लगभग ३ करोड ब्याक्टेरिया हुन्छन् तर तिनीहरूमध्ये अधिकांशले कुनै हानि पु-याउँदैनन् । अझ, केही त लाभदायक नै हुन्छन् ।
७. मानव शरीरले प्रत्येक २७ दिनमा काँचुली फेर्छ ।
८. प्रत्येक मिनेट मान्छेको जिउमा ३० करोड कोषिका मर्छन् र प्रत्येक दिन एकजना वयस्कले ३०० अर्ब नयाँ कोषिका उत्पादन गर्छ ।
९. तपाईँ जति चिसो कोठामा सुत्नुहुन्छ त्यति तपाईँलाई खराब सपना आउँछ ।
१०. सबै बच्चा जन्मिँदाखेरी रंग चिन्दैनन्, सेतो र कालो मात्र देख्छन् ।
११. रक्तसञ्चार नहुने एकमात्र मानव अंग आँखाको नानी हो । यसले हावाबाट सिधै अक्सिजन पाउँछ ।
१२. सामान्य मानिस नखाइकन २० दिन बाँच्न सक्छ भने पानी नपिइकन दुई दिन मात्र बाँच्न सक्छ ।
१३. सबैजनाको एउटा आँखा बलियो अनि अर्को कमजोर हुन्छ ।
१४. तपाईँ आफूले आफ्नो घाँटी थिचेर मार्न सक्नुहुन्न ।
१५. तपाईँको मेरुदण्ड प्रत्येक दश वर्षमा फेरिन्छ ।