०५ असार २०८३, शुक्रबार

उत्तर कोरियाबारे अमेरिका र चीनबीच यस्तो सहमति

कात्तिक २०, २०७४
उत्तर कोरियाबारे अमेरिका र चीनबीच यस्तो सहमति
बेइजिङ, ५ चैत - संयुक्त राज्य अमेरिका र चीनले उत्तर कोरियाद्वारा सिर्जना गरेको आणविक चुनौती खतरा समाधान गर्न सहकार्य गर्ने बताएका छन् ।kim binoculares teaser

वासिङ्टनले उत्तर कोरियाली सुरक्षा चुनौती कम गर्न चीनको भूमिका महत्वपूर्ण हुने बताएको तर चीन यस विषयमा गम्भीर नदेखिएको बताउँदै आएको र चीनले उत्तर कोरियाली युद्धलाई थप तनावग्रस्त बनाउन वासिङ्टनको भूमिका सकारात्मक नरहेको परस्पर विरोधी अभिव्यक्ति आइरहेका बेला अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले पूर्वी एसियाली मुलुक जापान, दक्षिण कोरिया र चीनसँग गरेको भेट र छलफलले उत्तर कोरियाली आणविक कार्यक्रमको चुनौतीलाई मत्थर पार्ने नयाँ प्रयास शुरु गरिएको हो ।

अमेरिकी विदेशमन्त्री टिलरसनले चीनका विदेशमन्त्रीसँग गरेको छलफलपछि भने – “अमेरिका र चीनले कोरियाली प्रायद्वीपमा देखिएको तनाव ‘उच्च खतरनाक’ अवस्थामा पुगेको भन्ने सवालमा समान धारणा आदानप्रदान भएको छ ।”

प्योङ्याङ सरकारले आणविक कार्यक्रमका विषयमा फरक बाटो अवलम्वन नगरे आणविक हतियार विषयमा सहकार्य गर्दै उत्तर कोरियालाई यसबाट पछि हट्न बाध्य तुल्याउनका लागि पूर्वी एसियाली मुलुकसँग अमेरिकाले थप सक्रियताकासाथ सहकार्य गर्दै अघि बढ्नेछन्,अमेरिकी विदेशमन्त्रीले बताए ।

टिलरसनले यसअघि जापान र दक्षिण कोरियाली नेता तथा कूटनीतिज्ञसँग भेट गरिसकेका छ ।

salt training

कमेन्ट गर्नुहोस्