३१ जेठ २०८३, आइतबार

धनगढी विमानस्थलमा एक महीनाका लागि उडान बन्द

बैशाख १२, २०७६
धनगढी विमानस्थलमा एक महीनाका लागि उडान बन्द

    कैलाली– धनगढी विमानस्थलमा झण्डै एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको स्तरोन्नति र पार्किङ क्षेत्र विस्तार गरिने भएकाले यही वैशाख २२ गतेदेखि एक महीनासम्मका लागि उडान बन्द हुने विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए । 

उनले  उक्त सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय भएको बताए । विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौतासमेत भइसकेको बुढ्थापाले उल्लेख गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्