२३ असार २०८३, मंगलबार

श्रीलङ्काका एक उच्च रक्षा अधिकारीद्वारा राजिनामा, केही उच्च अधिकारीहरू पनि राजिनामाको तयारीमा

बैशाख १२, २०७६
श्रीलङ्काका एक उच्च रक्षा अधिकारीद्वारा राजिनामा, केही उच्च अधिकारीहरू पनि राजिनामाको तयारीमा

    कोलम्बो–श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजिनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । 

    आत्मघाती हमलामा परी झण्डै ३६० जनाको मृत्यु भएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ । 

    बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजिनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन दिनुभएको थियो । उहाँको निर्देशन अनुसार नै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजिनामा पठाउनुभएको छ । 

    नाम नबताउने शर्तमा राष्ट्रपति कार्यालयका एक अधिकारीले भने “हेमासिरिले घटनामा आफ्नो दोष रहेको स्वीकार गर्दै राष्ट्रपति सिरिसेनालाई राजिनामा बुझाउनु भएको छ ।”
श्रोतका अनुसार अन्य केही उच्च अधिकारीहरू पनि राजिनामाको तयारीमा रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्