१२ असार २०८३, शुक्रबार

खुलामञ्च कब्जा, महानगरपालिकाको रहस्यमय मौनता

बैशाख १३, २०७६
खुलामञ्च कब्जा, महानगरपालिकाको रहस्यमय मौनता

काठमाडौं–खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यवसायिक प्रयोजनका लागि सटर निर्माण भइरहेपनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । 
अनुमति नदिएको बताउने काठमाडौं महानगरपालिकाले पनि कारबाही प्रक्रिया अघि बढाउन पहल गरेको छैन । 
काठमाडौं भ्यूटावर बनाउन ठेक्का लिएको स्वच्छन्द विकोई बिल्डर्स प्रालिले खुलामञ्चमा पसल सञ्चालनका लागि सटर बनाइरहेको हो । 
कम्पनीले ५२ वटा सटर तयार गर्दैछ । केही पसलै चल्न थालिसकेका छन् । महानगरपालिकाले खुलामञ्चको उत्तरतिर बसपार्क राख्न दिएपछि अतिक्रमणको क्रम बढेको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्